दफा ११
स्वास्थ्य सेवाको पदमा नियुक्ति
(१) स्वास्थ्य सेवाको अधिकृत तहको पदमा नेपाल सरकारले नियुक्ति गर्नेछ र त्यस्तो नियुक्तिको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
(२) स्वास्थ्य सेवाको सहायक तहको पदमा विभागीय प्रमुखले नियुक्ति गर्न सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यालय प्रमुखले आफ्नो र आफ्नो मातहतका कार्यालयका सहायक पहिलो तहदेखि पाँचौं तहसम्मको पदमा नियुक्ति गर्न सक्नेछ ।